काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक वसन्त कुँवरले मन्त्रीको ज्यान जोगाउन बालकुमारीमा बल प्रयोग गरिएको बताएका छन् ।

सोमबार बसेको प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले मन्त्रीको सुरक्षा जोखिममा पर्ने ठानेर बचाउने क्रममा बल प्रयोग गरिएको बताएका हुन् । साथै उनले मन्त्रीको गाडी त्यहाँ नपुगेको भए घटना नहुने बताए ।

‘उपत्यकामै मन्त्रीमाथि यस्तो भयो भनेर सन्देश राम्रो जाँदैन भनेर हामी खट्यौँ । बल प्रयोगमा आठजना प्रहरी घाइते भएका छन् । मन्त्रीको ज्यान तलमाथि पर्छ भनेर प्रहरी बल प्रयोग भएको हो,’ उनले भने ।

फिल्डमा खटिएका प्रहरीले ठिक गरे वा नगरेको भन्ने प्रश्नमा उनले अनुसन्धानबाट स्पष्ट हुने बताए । ‘उहाँहरू (प्रदर्शनकारी) १३ गते बिहान बिनालिडर उत्रनुभयो । साढे ११ मा प्रहरीले सामान्य बल प्रयोग ग¥यो । ११.५२ मा मन्त्री कान्तिपुर पार्टी प्यालेसबाट निस्केपछि तितरबितर भएको भीडले मन्त्रीको गाडी जलायो,’ उनले भने, ‘त्यस बेला पीएसओले अवस्थाको बारेमा जानकारी लिएन । त्यहाँ सामान्य विवाद मन्त्रीसँग भयो ।’

महानिरीक्षक कुँवरले मन्त्रीमाथि हातपात हुने देखिएपछि उनलाई पीएसओले सुरक्षित स्थानमा पु¥याएको जानकारी दिए । ‘तीन हजार युवा कसैको कमान्डबिना आएका थिए’, उनले भने ।

शुक्रबार कोरिया जानका लागि सिप बिल्डिङ क्षेत्रमा परीक्षा दिएर असफल भएकाहरुले गरेको प्रदर्शनका क्रममा बालकुमारीमा भौतिक तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमाथि आगजनी भएको थियो । सो क्रममा आक्रोशित युवाहरुले मन्त्री र उनका पीएसओलाई गाडीबाट बाहिर निकालेर गाडीमा आगजनी गरेका थिए ।

प्रकाशित मिति: १६ पुस २०८०, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com