काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता देवी साहलाई प्रहरीले धरपकड गरी पक्राउ गरेको छ । काठमाडौँको माइतीघरमा धोती दिवस मनाउन जम्मा भएको बेला प्रहरीले मन्त्री साहसहित करिब ५० जनालाई पक्राउ गरेको हो ।

धोती दिवस मनाउन जम्मा भएका मन्त्री साहसँगै जनमत पार्टीका अध्यक्ष एवम् सांसद सिके राउत, वरिष्ठ उपाध्यक्ष दिपक कुमार साह, उपाध्यक्ष अब्दुल खानसहितलाई प्रहरीले पक्राउ गरेको हो । जनमत पार्टीको विद्यार्थी सङ्गठनको आयोजनामा भएको कार्यक्रममा सहभागी भएका दिपक कुमार साह घाइते भएका छन् ।

‘प्रहरीले पार्टीको अध्यक्ष, उपाध्यक्षसहितका कार्यकर्तालाई तानतुन पारको छ । उपाध्यक्षको खुट्टामा चोट लागेको छ’, मन्त्री साहले भनिन् । सरकारले माइतीघरसहित वरपरको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ । निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

प्रकाशित मिति: १६ पुस २०८०, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com