काठमाडौँ । पूर्व अरनिको यातायात प्रालिले काठमाडौँ महानगरपालिका-३२ वडाको जडीबुटीमा निर्माण गरेको बसपार्क नभत्काउन उच्च अदालत पाटनले आदेश दिएको छ ।

निजी लगानीमा निर्माण सम्पन्न भएर सञ्चालन समेत सुरुवात भएको बसपार्क र त्यहाँ निर्माण भएको संरचना महानगरपालिकाले भत्काउने भएपछि त्यसका विरुद्ध पूर्व अरनिको यातायात प्रालि उच्च अदालत पाटन गएको थियो ।

उच्च अदालत पाटनले असोज १२ गते अल्पकालीन अन्तरिम आदेश दिएको थियो । त्यस्तै अदालतले असोज २१ गते नभत्काउनका लागि अन्तरिम आदेश समेत दिएको थियो । अदालतको अन्तरिम आदेश र जिल्ला प्रशासन कार्यालयले अस्थायी रूपमा बसपार्क सञ्चालनको अनुमति दिएपछि पूर्व अरनिको यातायात प्रालिले अहिले बसपार्क सञ्चालन गरिरहेको छ ।

काठमाडौँ महानगरले हालसम्म बसपार्क सञ्चालनको अनुमति दिएको छैन । उच्च अदालत पाटनले बुधबार अरनिको यातायातको पक्षमा फैसला गर्दै निजी लगानीमा निर्माण भएको बसपार्क र त्यहाँ निर्माण भएको कुनै पनि संरचना नभत्काउन फैसला गरेको पूर्व अरनिको यातायात प्रालिले जनाएको छ ।

१४ रोपनी जग्गा भाडामा लिएर पूर्व अरनिको यातायात प्रालिले सुविधा सम्पन्न बसपार्क

प्रकाशित मिति: १८ पुस २०८०, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com