काठमाडौँ । जिल्ला प्रहरी कार्यालय खोटाङले बिदा नलिने प्रहरी कर्मचारीलाई स्पष्टीकरण सोधेको छ। छ महिनासम्म बिदा नलिएको भन्दै पाँच जना प्रहरीसँग स्पष्टीकरण सोधिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख डिएसपी पुरुषोत्तम खड्काले बताए ।

प्रहरीलाई बिदा नलिनुको कारणबारे स्पष्टीकरण सोधिएको डिएसपी पुरुषोत्तम खड्काले बताए । प्रहरी सहायक हवल्दार सबिन थुक्लुङ लिम्बु, प्रहरी जवानहरू सागर राई, द्वारिका राई, रूपेश तामाङ र अनिल परियारलाई स्पष्टीकरण सोधिएको हो।

कारबाहीका लागि स्पष्टीकरण सोधिए नभई नियमानुसार बिदा किन नलिएको भन्दै स्पष्टीकरण सोधिएको डिएसपी खड्काको भनाई छ ।

‘यो भनेको कुनै विषयमा स्पष्ट हुनको लागि गरिने हो,’ उनले भने, ‘६ महिनासम्म बिदा नलिई काम गरेकाले किन नलिइएको हो ? केही समस्या हो कि, परिवारमा केही समस्या पो भएर हो कि भनेर सोधेका हौँ, कारबाहीका लागि होइन।’

प्रहरी नियमावलीअनुसार वर्षमा प्रहरी कर्मचारीले ३० दिन घर बिदा र १२ दिन भइपरी आउने बिदा लिन पाइन्छ।

 

प्रकाशित मिति: ४ माघ २०८०, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com