बिहीबारदेखि प्रदर्शन भइरहेको दक्षिण भारतीय फिल्म ‘केजीएफः च्याप्टर २’ ले बक्स अफिसमा आफ्नै रेकर्ड तोडेको छ। केजीएफ २ ले हिन्दी भर्जनमा ‘केजीएफः च्याप्टर १’ को अलटाइम कमाइ पहिलो दिनमै पार गरेको छ।

सन् २०१८ मा प्रदर्शन भएको केजीएफ १ ले बक्स अफिसमा ४४ करोड ९ लाख भारु कमाएको थियो। दोस्रो भागले प्रदर्शन हुनुअघि नै २० करोड भारुको टिकट बेचेको थियो भने हिन्दी संस्करणमा मात्रै ५५ करोड भारुको ओपनिङ गरेको छ।

फिल्मले सबै भाषामा पहिलो दिन भारु एक सय ३४ करोड ५० लाख भारु कमाएको भारतीय बजार विश्लेषक तरण आदर्शले बताएका छन्। फिल्म कन्नड, तमिल, तेलुगु, हिन्दी र मलयालम गरी चार भाषामा प्रदर्शन आएको छ।

फिल्मले पहिलो सातामा आमिर खानको ‘दंगल’ र एसएस राजमौलीको ‘बाहुबली-२’ को व्यापारिक रेकर्डलाई तोड्ने अनुमान समेत गरिएको छ। यो फिल्म सय करोडको बजेटमा बनेको बताइएको छ।

केजीएफः च्याप्टर २’ पिरियड ड्रामा सन् २०१८ मा रिलिज भएको ‘केजीएफः च्याप्टर १’ को दोस्रो भाग हो। फिल्ममा यश, सञ्जय दत्त, रविना टण्डन र श्रीनिधि शेट्टी मुख्य भूमिकामा छन्।

प्रशान्त नीलले निर्देशन गरेको फिल्मलाई हम्बल फिल्म्सले निर्माण गरेका हुन्।

 

प्रकाशित मिति: २ बैशाख २०७९, शुक्रबार

aatmaram khanal

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2023 globalnagarik.com All rights reserved. | Website by Appharu.com