काठमाडौं । विश्वकै ठूलो मोटरसाइकल र स्कुटर उत्पादक कम्पनी हिरो मोटोकर्पले नेपालका लागि आफ्नो नयाँ आधिकारिक बिक्रेतामा चौधरी ग्रुपको सीजी मोटर्सलाई नियुक्त गरेको छ ।

सीजी मोटर्सले जारी गरेको विज्ञप्तिअनुसार हिरो मोटोकर्प र सीजी मोटर्सले नेपालमै एसेम्बल गर्न नवलपुरमा अत्याधुनिक प्लान्ट स्थापना गर्नेछन् । जसको क्षमता प्रतिवर्ष ७५ हजार युनिट रहेको छ । जुन आगामी मार्चदेखि सञ्चालनमा आउने छ ।

हिरो मोटोकर्पका ग्लोबल बिज्नेस प्रमुख सञ्जय भानले नेपालमा चौधरी ग्रुपसँगको साझेदारीलाई लिएर आफूहरू उत्साहित बनेको बताए । उनले नेपाल आफूहरूका लागि अत्यन्तै महत्त्वपूर्ण बजार रहेको पनि बताए । उनले नयाँ साझेदारको साथमा नेपाली बजारमा हिरोको उपस्थिति बलियो हुनेमा आफूहरूको विश्वस्त रहेको बताए ।

चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले हिरो मोटोकर्पसँगको साझेदारीलाई लिएर आफूहरू रोमाञ्चित बनेको बताए ।

विश्वस्तरका मोटरसाइकल र स्कुटर निर्माणका लागि अग्रस्थानमा रहेको कम्पनीसँगको साझेदारीबाट सीजी मोटर्स अटोमोबाइल बजारमा पुन:प्रवेश गरेको उनको भनाइ छ ।

प्रकाशित मिति: ९ माघ २०८०, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com