विराटनगर : मोरङको उर्लाबारी नगरपालिका–८ अठियाबारीस्थित भित्री सडकखण्डमा दुईवटा मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा सोमबार साँझ एक जनाको मृत्यु भएको छ। मृत्युु हुनेमा मोरङ गोविन्दपुरका ४५ वर्षीय गणेश सिटौला रहेका छन् ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार दुर्घटनामा परेर गम्भीर घाइते भएका उनको उपचारका क्रममा उर्लाबारीस्थित अरनिको अस्पतालमा साँझ ७:१५ बजेतिर मृत्यु भएको हो ।

उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको प्रदेश १–०२–०४२ प १६०० नम्बर र विपरीत दिशाबाट आउँदै गरेको मे ७ प ६३७१ नम्बरको मोटरसाइकल एक आपसमा ठोकिएका थिए। दुर्घटनामा ६३७१ नम्बरको मोटरसाइकलका चालक को मृत्युु भएको हो ।

दुर्घटनामा १६०० नम्बरको मोटरसाइकलको पछाडि सवार २९ वर्षीय आकाश लिम्बू घाइते भएका छन् भने गम्भीर अवस्थाका उनको उपचार भइरहेको प्रहरीले जनाएको छ।

दुर्घटनालगत्तै अर्का मोटरसाइकलका चालक उर्लाबारी–९ का ३२ वर्षीय योजिनकुमार गुरुङलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालिएको श्रेष्ठले बताए। सडकमा गलत लेन प्रयोग गरेर मोटरसाइकल चलाउँदा दुर्घटना भएको उनको भनाइ छ।

प्रकाशित मिति: २० बैशाख २०७९, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com