काठमाडौं– नेपाल प्रहरीका २४ जना कर्मचारी सम्पर्कविहीन भएका छन्। प्रहरी सहायक निरीक्षक (असई)देखि प्रहरी कार्यालय सहयोगीससम्म २४ जना सम्पर्कविहीन भएका हुन्।

सम्पर्कविहीन हुनेमा ३ जना असई छन्। यस्तै, २ जना प्रहरी सहायक हवल्दार छन्। प्रहरी प्राविधिक जवान ३ जना र १५ जना प्रहरी जवान सम्पर्कविहीन छन्। यस्तै, १ जना प्रहरी कार्यालय सहयोगी पनि सम्पर्कविहीन रहेका प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।

प्रहरी प्रधान कार्यालयले बुधबार एक सार्वजनिक सूचना जारी गर्दै सम्पर्कमा नरहेका कर्मचारीहरुलाई ७ दिनभित्र हाजिर हुन भनेको छ। ७ दिनसम्म हाजिर नभएको खण्डमा प्रहरी नियमावलीअनुसार सेवाबाट बर्खास्त गर्नेसम्मको कारबाही हुने सूचनामा जनाइएको छ।

प्रकाशित मिति: १० माघ २०८०, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com