बन्धक बनाएर बालिका बलात्कार गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।रौतहटको कटहरिया नगरपालिका–७ घर भएका २० वर्षीय अफरोज अन्सारीलाई प्रहरीले पक्राउ गरेको हो ।
कलैया–९ स्थित साथीको घरमा जाने क्रममा युवकले अपहरण गरि १२ वर्षीया बालिका लाई काठमाडौँमा लेराएर बन्धक बनाएर राखेका थिए । आरोपीले बालिकालाई बारा र काठमाडौँमा पटक पटक बलात्कार गरेको खुलेको छ ।
२०७८ माघ १० मा बालिका अपहरणमा परेकी थिइन् भने काठमाडौँमा ल्याएर बन्धक बनाएको अवस्थामा  माघ २० गते उनलाई उद्धार गरिएको थियो ।                                                          वैशाख १७ मा आरोपीलाई पक्राउ गरिई अपहरण शरीर बन्धक तथा जबर्जस्ती करणी मुद्दामा जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका डिएसपी राजेश थापाले बताए ।

प्रकाशित मिति: २० बैशाख २०७९, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com