काठमाडौं । आफु भारतीय दूतावास निकट व्यक्ति भएको भन्दै श्रृङखलाबद्ध ठगी गर्ने सप्तरीको शम्भुनाथ नगरपालिका वडा नम्बर २ कचनदाहा घर भई काठमाडौं बुढानिलकण्ठ बस्ने श्रीकान्त राउतलाई प्रहरीले पक्राउ गरेको छ । उनले दूतावासबाट विभिन्न किसिमका काम मिलाइदिने भन्दै ठगी गरेको प्रहरीले जनाएको छ ।

एक व्यक्तिलाई दूतावासमा भनसुन गराई केन्द्रीय विद्यालयमा छोरा नि:शुल्क भर्ना गरिदिन्छु भन्दै दुई लाख रुपैयाँ ठगी गरेको आरोपमा जिल्ला प्रहरी परिसर, काठमाडौंले उनलाई आइतबार पक्राउ गरेको थियो ।

अनुसन्धानको क्रममा दूतावासमा एम्बुलेन्स तथा बस अनुदान मिलाइदिने, जागिरमा लगाइदिने भनेर समेत अन्यलाई ठगी गरेको खुलेको छ । एक व्यक्तिलाई पैसा नदिए बम पड्काइदिने भनेर समेत धम्काएका थिए । कतिपय किशोरीलाई जागिरको प्रलोभनमा यौन शोषण गरेको अनुसन्धानमा देखिएको प्रहरीकाे भनाइ छ ।

भारतीय गुप्तचर निकाय ‘रअ’को एजेन्ट हुँ भनेर समेत कतिपयलाई उनलाई धम्काएको परिसरका एक अधिकृतले बताए । ठगी मुद्दामा उनीमाथि प्रहरीले कारबाही अघि बढाएको छ ।

प्रकाशित मिति: १६ माघ २०८०, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com