काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी र अध्यागमनका अधिकृतबिच भएको कुटाकुटको घटनाबारेको छानबिन गर्न गठित समितिले प्रतिवेदन बुझाएको छ ।

सहसचिव थानेश्वर गौतम नेतृत्वमा गठित समितिले कुटपिटमा संलग्न प्रहरी सहायक निरीक्षक(असई) सञ्जय तामाङलाई निलम्बन गर्न सिफारिस गरेको छ भने अन्य दुई जना सिपाहीलाई अनुशासनको कारबाही गर्न भनेको छ ।

त्यस्तै छानबिन समितिले विमानस्थल अध्यागमन कार्यालयका अधिकृत छायालाल मोक्तानलाई मन्त्रालय फिर्ता बोलाएर विभागीय कारबाही गर्न सिफारिस गरेको छ । त्यसैगरी सिसिटिभी फुटेज हेर्न जाँदा भएको घटनामा उपस्थित रहेका डिएसपीलाई पनि अनुशासन सम्बन्धी कारवाहीको लागि सिफारिस गरिएको एक अधिकारीले प्रशासनलाई जानकारी दिए ।

प्राप्त रिपोर्ट कार्यान्वयनका लागि गृह सचिवले पठाईसकेका छन् ।

चेकजाँच गर्ने प्रहरी जवानसँग विवाद हुँदा माघ १२ मा मोक्तानलाई प्रहरीले कुटपिट गरेका थिए ।

प्रकाशित मिति: १८ माघ २०८०, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com