काठमाडौँ । गायिका बेनिशा पौडेल, एलिना चौहान, मिना नेपाली, अनु चौधरी, निता आचार्यबिच उत्कृष्ट आधुनिक गायिकाको लागि प्रतिस्पर्धा हुने भएको छ ।

त्यस्तै आधुनिक गायक तर्फ भने यश कुमार, रवीन्द्र बर्तौला, विष्णु भट्ट, कैलाश भट्टराई र सीडी विजय अधिकारी उत्कृष्ट ५ मा देखिएका छन् ।

निम अवार्डले सोमबार सार्वजनिक गरेको उत्कृष्ट ५ को सूचीमा यी गायक गायिकाको आधुनिक गीत विधातर्फ भिडन्त हुने देखिएको हो । पावर ईन्टरनेशनल मिडिया नेपाल (पिम नेपाल)ले सातौँ संस्करणको राष्ट्रिय समावेशी म्युजिक अवार्ड (निम अवार्ड ) २०२४ को उत्कृष्ट ५ मनोनयन सार्वजनिक गरेको छ ।

यसमा ४१ विधा रहेका छन् । एरा प्रोडक्सन प्रा.लिले व्यवस्थापन गर्न लागेको अवार्डमा उत्कृष्ट ५ मा परेको स्रष्टा, सिर्जना र कलाकारलाई अनलाइन भोटिङ र निर्णायकको मतको आधारमा सर्वोत्कृष्ट घोषणा गरिने र अवार्ड प्रदान गरिने कार्यक्रम संयोजक कमला जोशीले जानकारी दिइन् ।

अवार्डको आयोजना फाल्गुनको चौथो साता काठमाडौँमा हुनेछ ।

प्रकाशित मिति: २२ माघ २०८०, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com