काठमाडौं । विश्व बैंकको सहुलित ऋण दिने संस्था (आईडी) को विश्व सम्मेलन नेपालमा हुने भएको छ।

२०८० असारमा नेपालमा हालसम्मकै सबै भन्दा ठूलो विश्व सम्मेलन हुन लागेको हो । बिहीबार अर्थ मन्त्रालयमा बसेको तेश्रो लगानी सम्मेलन निर्देशक समितिको तेश्रो बैठकमा अर्थ मन्त्री डा.प्रकाशशरण महतले यस्तो जानकारी दिएका हुन् ।

सो अन्तरास्ट्रिय सम्मेलनको औपचारिक पत्र केही दिनमा आउने अर्थ मन्त्रीको भनाई छ । ‘अहिलेसम्मको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा हुनेछ । विश्व बैंकका अध्यक्षलगायत ९२ भन्दा बढी देशको प्रतिनिधि सम्मेलनमा सहभागी रहने छन्,’ अर्थ मन्त्री महतले भने ।

प्रकाशित मिति: २५ माघ २०८०, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com