काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत विमानस्थल सुरक्षा कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) अर्जुन चन्दको सरुवा भएको छ।

गृहमन्त्री स्तरीय निर्णयबाट डीआईजी चन्दलाई प्रहरी प्रधान कार्यालयमा सरुवा गरिएको हो। चन्दलाई प्रहरी प्रधान कार्यालयको प्रदेश समन्वय विभागमा सरुवा गरिएको बताइएको छ।

केही दिन अगाडि अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी कर्मचारीले अध्यागमन कार्यालयका अधिकृतमाथि हातपात गरेको घटनामा प्रहरी कर्मचारीलाई दोषी देखाइएपछि डीआईजी चन्दले राजीनामा दिएका थिए। तर पछि प्रहरी महानिरीक्षक बसन्त कुँवरले सम्झाइ बुझाइ गरेर चन्दलाई राजीनामा फिर्ता लिन आग्रह गरेका थिए।

चन्द राजीनामापत्र फिर्ता लिएर केही दिनका लागि बिदामा बसेका थिए। बिदामा बसेकै बेला उनको सरुवा भएको हो।

चन्दले अध्यागमन अधिकृतमाथि हातपात गर्ने कार्यमा संलग्न रहेका भनिएका प्रहरी कर्मचारीलाई पुरस्कृत समेत गरेका थिए।

प्रकाशित मिति: २६ माघ २०८०, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com