काठमाडौं । सार्वजनिक स्थलमा प्रहरीको ‘डीएसपी हुँ’ भन्दै धम्क्याउँदै हिँड्ने एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

काठमाडौंको लाजिम्पाट सडक खण्डमा  कार चालकलाई रोकेर प्रहरीको डीएसपी हुँ भन्दै अपशब्द बोल्ने काठमाडौंको चुनादेवी बस्ने ५२ वर्षीय प्रविन श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

रातीको समयमा कार चलाउँदै गरेका एकजना युवालाई रोकेर अपशब्द बोलेको भीडीयो सार्वजनिक सञ्जालमा सार्वजनिक भएको थियो। उक्त भीडीयोलाई लिएर सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले पक्राउ गरी कारवाही गर्न प्रहरीलाई आग्रह गरेका थिए।  त्यसपछि प्रहरीले ती व्यक्तिलाई पक्राउ गरेको हो।

पक्राउ परेका श्रेष्ठ नेपाल प्रहरीको प्रहरी कर्मचारी (बहालवाला र अवकाश प्राप्त) नभएको नेपाल प्रहरीले  जनाएको छ। उनीविरुद्ध थप अनुसन्धान भइरहेको  प्रहरीले जनाएको छ।

प्रकाशित मिति: ७ फाल्गुन २०८०, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com