काठमाडौं । ललितपुरको खुमलटार आदर्श समाजले माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएका विद्यार्थीहरुलाई सम्मान गरेको छ ।

समाजले ललितपुर महानगरपालिका–१५ का विद्यार्थीहरुलाई सम्मान पत्रसहित सम्मान गरेको हो । २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ललितपुर महानगरपालिका वडा नम्बर १५ बाट सहभागी भई उत्तिर्ण भएका विद्यार्थीहरुलाई सम्मान गरिएको हो । सो वडाका सामुदायिक र निजी गरी जना विद्यार्थीहरु सम्मानित भएका छन् ।

वडाबाट सबैभन्दा बढी जीपीए ल्याउने विद्यार्थीहरुलाई नगदसहित सम्मान गरिएको छ । जसअनुसार सबैभन्दा बढी जीपीए प्राप्त गर्ने रिकेश महर्जन र जेनिशा बजगाईलाई १५/१५ हजार, दोस्रो जीपीए प्राप्त गर्ने मोक्क्ष्य पोखरेल र अदिती पराजुलीलाई १०/१० हजार, तृतीय जीपीए प्राप्त गर्ने प्रशन्न थापालाई ५ हजार र सान्त्वना जीपीए प्राप्त गर्ने हेमा कडायत र विनायक बोगटीलाई २ हजार ५ सय नगदसहित सम्मान गरिएको हो । सम्मानित हुने विद्यार्थीहरुले यो सम्मानले आफूहरुलाई थप हौसला मिलेको र उच्च शिक्षामा समेत राम्रो नतिजा ल्याउने प्रेरणा दिएको बताएका छन् ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले आफूले एसईईमा राम्रो नतिजा ल्याउने विद्यार्थीहरुलाई नगदसहित सम्मान गर्दा आफूमाथि अख्तियारले मुद्दा चलाएको भन्दै असन्तुष्टि व्यक्त गरे । राम्रा काम गर्दा यस्ता मुद्दाहरुले आफू विचलित नहुने उनको दाबी छ ।

यस्तै, कार्यक्रमका विशिष्ट अतिथि हास्यकलाकार किरण केसीले सम्मानित हुने विद्यार्थीहरुलाई हौसलास्वरुप बधाई दिँदै यस्तो सम्मान गर्ने खुमलटार आदर्श समाजलाई धन्यवादसमेत ज्ञापन गरे ।
खुमलटार समाजका अध्यक्ष सहदेव राउतले खुमलटार आदर्श समाजले विगतदेखि नै यस खालका सामाजिक कार्य गर्दै आइरहेको बताए ।

यस्तै, समाजका सचिव एवम् कार्यक्रम संयोजक श्याम राउतले विद्यार्थीहरुको उच्च शिक्षा थप मजबुत र व्यवस्थित होस भन्नका लागि यो सम्मान गरिएको बताए ।

समाजले विगतदेखि नै वडाबाट माध्यमिक शिक्षा परीक्षा (एसईई)मा बसोबास गरी उत्तिर्ण भएका विद्यार्थीहरुलाई यसरी नै सम्मान गर्दै आइरहेको छ ।

प्रकाशित मिति: २७ पुस २०८१, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com