काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले राप्रपा सांसद जानकी प्रसाद यादवसहित १९ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

१९ जना मिलेर २९ लाख १२ हजार १९३ रुपैयाँ भ्रष्टाचार मुद्दा दायर भएको छ। सांसद यादवसहित तत्कालीन जिल्ला वन अधिकृत कृष्णदत्त भट्ट, डिभिजन वन अधिकृत दुर्गाबहादुर कार्की, उक्तको कार्यान्वय इकाईका तत्कालीन संयोजक वन अधिकृत महेन्द्रराज वाग्लेसहित १९ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरिएको छ।

गौतम बुद्ध साझेदारी वन व्यवस्थापन समिति कपिलवस्तुमा अनियमितता भएको भन्दै १९ जनाविरुद्ध मुद्दा दायर भएको हो। आर्थिक वर्ष २०७४/७५ मा ठेकेदार समेतले ६ वटा कटान प्लटहरुको ३७ हजार क्युफिट काठ काटी निकाल्ने ठेक्का स्वीकृत गराई कर्मचारीहरुँसगको मिलेमतो गरी केही काठ लुकाएर स–मिलमा बिक्री गिरी भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर भएको हो।

 

प्रकाशित मिति: ८ फाल्गुन २०८०, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com