काठमाडौँ । अचार भनेर गाँजा लैजान लाग्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा धनुषाका अशोककुमार मण्डल रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरी स्रोतले जानकारी दिएको छ ।

स्रोतका अनुसार, नेपाल एयरलाइन्सको विमानमार्फत बुधबार साँझ ६ बजे साउदी जान लागेका मण्डलको नियमित जाँच गर्ने क्रममा शंका लागेपछि थप सोधपुछ गरिएको थियो ।

प्रारम्भिक सोधपुछपछि थप अनुसन्धान गर्न विमानस्थल प्रहरीले मण्डल र बरामद सामानलाई लागूऔषध नियन्त्रण ब्युरोको जिम्मा लगाएको छ ।

प्रकाशित मिति: १० फाल्गुन २०८०, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com