काठमाडौँ । मोरङको बूढीगंगा गाउँपालिका ४ प्रगति टोलमा मालबहाक ट्रक (लहरी गाडी) किराना पसलमा पल्टिदा किचिएर ३ जनाको मृत्यु भएको छ । एक घाइते भएका छन् । मृतक मध्ये दुई जना एकै परिवारका हुन् ।

शुक्रबार बिहान आर जे २९ जीवी १५६१ भारतीय नम्बर प्लेटको लहरी प्रगति टोलमा पल्टिएको थियो । लहरीमा लोड गरिएको मार्बल ढुंगाले किचिएर बूढीगंगा गाउँपालिका ४ का ज्योति अधिकारीकी ४ वर्षीया छोरी इसिता, छोरा निशान्त र सोही स्थानकी सन्जु खवासकी ८ वर्षीया छोरी रिहा खवासको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ज्योतिका छोरा र छोरी जुम्ल्याहा हुन् । दुर्घटनामा परी ज्योति गम्भीर घाइते छन् । ढुंगाले थिचिएका उनलाई उद्धार गरी विराट मेडिकल कलेज पठाइएको छ ।

शुक्रबार बिहान ७ बजे मार्बल बनाउने कच्चा पदार्थ (ढुङ्गा) बोकेर उद्योगतर्फ जाँदै गरेको लहरी किराना पसलमा पल्टिएको थियो ।

प्रकाशित मिति: ११ फाल्गुन २०८०, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com