काठमाडौँ । काठमाडौँको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालबाट २६ दिनको बच्चा चोरी भएको छ। अस्पतालको ओपिडीमा उपचारका लागि आएकी महिलाको ब‍च्चा चोरी भएको उजुरी आएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।

परिसरका एसपी नवराज अधिकारीका अनुसार काभ्रेकी एक महिलाले आफ्नो बच्चा चोरी भएको उजुरी दिएकी हुन्।

ती महिलाले पार्किङ क्षेत्रमा भेटिएर एकछिन गफिएका अपरिचित व्यक्तिलाई आफू रिपोर्ट लिएर आउने भन्दै बच्चा लिन दिएको र आफू रिपोर्ट लिएर फर्किँदा ती अपरिचित र बच्चा दुवै नभेटेपछि उजुरी दिन आएको प्रहरीलाई भनेकी छन्।

अस्पताल परिसरको सीसीटीभी हेर्दा अपरिचित व्यक्ति बच्चा लिएर बाहिरिएको देखिएको प्रहरीले जनाएको छ।

‘काभ्रेको एक महिलाले आफ्नो २६ दिनको बच्चा चोरी भएको उजुरी दिनु भएको छ,’ अधिकारीले भने, ‘प्रहरीले खोजीकार्य तीव्र पारेको छ।’

प्रकाशित मिति: ११ फाल्गुन २०८०, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com