काठमाडौं । कालिमाटी प्रहरी वृत्तबाट खटिएका इन्स्पेक्टर वीरबहादुर सुनुवार नेतृत्वको सुरक्षाकर्मीहरुले पत्रकारमाथि दुव्र्यवहार गरेका छन् । वैदेशिक रोजगार ठगीमा परेका नागरिकहरु काठमाडौंको ताहाचलमा रहेको वैदेशिक राजगार विभागमा पुगेका थिए ।

त्यसक्रममा वैदेशिक रोजगार ठगीमा परेका नागरिक र प्रहरीबीच धकेलाधकेल भएको थियो । समाचार संकलनका क्रममा पत्रकार टेकमान शाक्य र सुनिता गौतममाथि प्रहरीबाट दुव्र्यवहार भएको हो । प्रहरीले सुरुमा पत्रकार परिचयपत्र मागेका थिए । त्यसपछि उनीहरुले सूचना विभागबाट जारी भएको प्रेस प्रतिनिधिको प्रमाणपत्र देखाए । तर, सूचना विभागबाट जारी भएको यस्तो प्रेस प्रतिनिधि प्रमाणपत्र पैसामा किनेर ल्याईदिन सक्छौँ भन्दै सुरक्षाकर्मीले पत्रकारमाथि धम्कीको भाषा बोल्दै आईडी कार्ड खोसे । पत्रकारहरुले आईडी कार्ड दिन आग्रह गरे । तर प्रेस कार्ड फिर्ता गर्नुको सट्टा धरपकट गरेर भ्यानमा राखेर कालिमाटी प्रहरी वृत्त लगे । उनीहरुको दुव्र्यवहार यतिमा मात्रै समिति रहेन । कालिमाटी प्रहरी वृत्तको एउटा कोठामा लगेर क्यामेरा, मोबाईल सबै बन्द गर्न लगाईयो ।

पत्रकारहरुले आफ्नो काम गर्न दिनुस् भन्दै पत्रकार परिचयपत्र देखाउँदासमेत सुरक्षाकर्मीहरुले समाचार संकलन गर्न त दिएन नै धम्कीको भाषा बोल्दै दुव्र्यवहार गरेका थिए ।

कसैलाई क्रोयसिया त कसैलाई क्यानडा र अरु विभिन्न देशमा लैजाने भनेर १ सयभन्दा बढि व्यक्तिबाट करोडौँ रुपैयाँ ठगी गर्नेविरुद्ध उजुरी परेको तर अनुसन्धान प्रक्रियामा हेलचेक्र्याईं भएको भन्दै पीडितहरुले वैदेशिक रोजगार विभाग पुगेर आक्रोश पोख्ने क्रममा पत्रकारहरु समाचार संकलनका क्रममा त्यहाँ पुगेका थिए ।

पीडितको आक्रोशलाई तितरबितर बनाउन कालिमाटी प्रहरी वृत्तका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक नरहरी अधिकारीको कमाण्डमा सुरक्षा संयन्त्र खटिएको थियो ।

ताहाचलमा रहेका पत्रकारलाई कालिमाटी वृत्तमा जबरजस्ती लगेर राखेर बेलुकीतिर मात्रै छाडियो । पत्रकारलाई यसरी समाचार संकलनमा हस्तक्षेप गर्नु निन्दनीय छ । अझ यस्तो सूचना विभागको कार्ड त पैसामा किनिदिन सक्छौँ भन्दै सूचना विभागको प्रेस प्रतिनिधिको कार्ड खोसेर अनेक लान्छना लगाउँदै गरिएको यो हदसम्मको प्रहरी प्रशासनको हर्कत माफी दिन लायकसमेत छैन ।

पत्रकार हो भन्ने प्रमाणित भईसकेपछि पनि यसरी दुव्र्यवहार गर्नुले सुरक्षा संयन्त्र र यसको कमाण्ड सम्हाल्नेमाथि नैतिक प्रश्न उब्जिएको छ ।

प्रकाशित मिति: १२ फाल्गुन २०८०, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com