काठमाडौं । लघुवित्तका ऋणीहरु संसद् भवन छिरेर आन्दोलन गरेको विषयलाई लिएर गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुरक्षा निकायका प्रमुखहरुको आकस्मिक बैठक बोलाएका छन्।

गृहसचिव दिनेश भट्टराई, नेपाली प्रहरीका प्रमुख आईजीपी वसन्तबहादुर कुँवर, सशस्त्र प्रहरी बलका प्रमुख राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा लगायतको सहभागीतामा अहिले मन्त्रालय बैठक चलिरहेको छ।

सुरक्षा निकायको कमजोरीका कारण ललघुवित्तका ऋणीहरू संघीय संसद भवनभित्र पसेको भन्दै गृहमन्त्रीश्रेष्ठले तीन वटै सुरक्षा निकायका प्रमुखसँग सोधपुछ गरिरहेका छन्।

स्रोतका अनुसार गृहमन्त्रीले १७ जना प्रहरीको जिम्मेवारी हेरफेर गरेका छन्।

सोमबार नयाँ बानेश्वरस्थित संसद् भवनमा बैठक सञ्चालन भइरहेको बेलामा लघुवित्त ऋणीहरुले परिसरमै पुगेर नाराबाजी गरेका थिए।

निषेधित क्षेत्र तोडेर लघुवित्त ऋणीहरु संसद् भवन समेत प्रवेश गरे। निषेधित क्षेत्र तोड्ने ४९ जनालाई प्रहरीले नियन्त्रणमा लिई प्रहरी वृत्त नयाँ बानेश्वरमा राखेकाे छ।

प्रकाशित मिति: १४ फाल्गुन २०८०, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com