काठमाडौँ । काठमाडौँ महानगरपालिकाले २४ हप्तासम्म काम गर्नेगरी १४० जना महानगर स्वयंमसेवक (सिटी भोलेन्टियर) का लागि आवेदन खुलाएको छ । आवेदकमा छनोट भएका स्वयमसेवकले हप्तामा २ दिन समय दिनुपर्ने महानगरले जनाएकाे छ।

बालबालिका र वातवरणकाे क्षेत्रमा काम गर्न १ सय जना बाबा (बालबालिका र वातावरण) स्वयमसेवक र सम्पदामा युवा र बालबालिका लक्षित कार्यक्रमका लागि ४० जना सम्युवा (सम्पदामा युवा र बालबालिका) स्वयमसेवक खाेजिएकाे महानगरका सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झाले जानकारी दिए ।

महानगरपालिकाको पर्यटन महाशाखा प्रमुख श्रृजु प्रधानका अनुसार , ‘बाबा कार्यक्रम विद्यालय र वातावरणसँग केन्द्रीत छ भने सम्युवा कार्यक्रम समुदायसँग बढी सम्बन्धित छ ।

स्वयमसेवकका लागि आवेदन दिन याे लिङ्क क्लिक गर्नुहोस् । https://shorturl.at/dflw0

प्रकाशित मिति: १५ फाल्गुन २०८०, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com