नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र भरतपुर महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेलबिच कुराकानी भएको छ ।भरतपुरमा आज सत्तागठबन्धनले गर्न लागेको चुनावी सभालाई सम्बोधन गर्न  गएका रामचन्द्र र स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ बिच कुराकानी भएको हो।                                         भेटमा जगन्नाथलाई रामचन्द्रले उम्मेदवारी निस्कृय बनाउन आग्रह गरेका थिए। तर जगन्नाथले आफूहरू गठबन्धनको पक्षमा नरहेको र कांग्रेस बचाउन आफ्नो उम्मेदवारी कायमै रहने दोहोर्‍याएको बताईएको छ ।                                                                             पौडेललाई फकाउन प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यसअघि नै फोन गरिसकेका छन् ।उम्मेदवारि फिर्ता गराउन देउवाले गृहमन्त्री बालकृष्ण खाँणसहित कांग्रेस नेताहरूलाई चितवन पठाएका थिए । तर, पौडेललाई फकाउने उनीहरूको प्रयास पनि सफल हुन सकेन र उम्मेदवारी फिर्ता नलिने अडान कायमै राखे ।                                                         जगन्नाथ पौडेल कांग्रेसले भरतपुर महानगरमा मेयर पाउनुपर्छ भन्ने पक्षमा थिए तर सत्तागठबन्धनले भरतपुर महानगर को मेयरमा माओवादी केन्द्रकी रेनु दाहाललाई समर्थन गरेपछि उनले मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका थिए।कांग्रेसले भने आधिकारिक उम्मेदवारविरूद्ध बागी उम्मेदवारी दिनेलाई पार्टीबाट हटाउने निर्णय गरिसकेको छ।

प्रकाशित मिति: २२ बैशाख २०७९, बिहिबार

aatmaram khanal

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2023 globalnagarik.com All rights reserved. | Website by Appharu.com