काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले नियम संशोधन गरेर भएपनि धरानमा विमानस्थल बनाउने घोषणा गरेका छन् ।

सुनसरीको धरान उपमहानगरपालिकामा विमानस्थल बनाउने गरी मेयर साम्पाङले जोडबल गरिरहेका बेला नेपाल नागरिक उड्डयन प्राधिकरणले राष्ट्रिय हवाई नीति, २०६३ लाई देखाउँदै प्राविधिक तथा व्यवहारिक रुपमा समेत सो स्थानमा विमानस्थल निर्माणको सम्भावना नरहेको बताएको छ । मेयर साम्पाङले मंगलबार सामाजिक सञ्जाल फेसबुकमा  लेख्दै नियम संशोधन गरेर भएपनि विमानस्थल बनाउने बताएका हुन् ।

Advertisement
Advertisement

‘तेरो नियम संशोधन गरेर भएपनि विमान स्थल बनाउनेछौँ ! ज्यादा नखोक् ! संविधान त परिवर्तन हुन्छ भने त्यो नाथे तेरो नियमावली ? थु…’ उनले लेखेका छन् । संविधान संशोधन गर्न सकिने भन्दै उनले हवाई नीति पनि परिवर्तन गरेर धरानमा विमानस्थल बनाइ छाड्ने मेयर साम्पाङले  घोषणा गरेका छन् ।

तर यता नागरिक उड्डयन प्राधिकरणले राष्ट्रिय हवाई नीति, २०६३ अनुसार ‘तराई तथा भित्री मधेसमा विमानस्थल निर्माण गर्दा निकटस्थ विमानस्थलबाट कम्तीमा ४० नटिकल माइल हुनुपर्ने’नीतिगत व्यवस्था भएको र उक्त क्षेत्रको आर्थिक विश्लेषण पश्चात् सडक यातायातको सहज उपलब्धता तथा त्यस क्षेत्रको भौगोलिक अवस्थितिले गर्दा वान वे अप्रोच मात्र सम्भव हुँदा हवाई यातायातको दीर्घकालीन, नियमित र व्यावसायिक सम्भावना नभएको निष्कर्ष निकाल्दै उक्त स्थानमा विमानस्थल निर्माणका लागि फिजिबल नभएको बताएको छ ।

प्रकाशित मिति: १५ फाल्गुन २०८०, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com