काठमाडौं । चितवनमा राजपरिवारको एक सदस्यको नाम जोडेर सामाजिक संजालमा बेग्लै विवादको प्रवाह भइरहेको छ ।

पूर्व युवराज पारस शाहले चितवनमा विद्यार्थीलाई घरतर्फ छाड्न गइरहेको बसमाथि पेस्तोल देखाएको हल्ला गलत भएको पुष्टि भएको छ । चितवनको सनराइज स्कुलका विद्यार्थीलाई घर छाड्न गइरहेको गाडीमा पारसले पेस्तोल देखाएर गालीगलौज गरेको हल्ला मात्रै फैलिएको पाइएको हो।

यस विषयमा विद्यालयका प्रधानाध्यापक शिवकुमार बगालेसँग जिज्ञासा राख्दा उनले घटनामा संलग्न व्यक्ति पारस शाह नै हुन् भन्ने हल्ला मात्रै भएको बताए ।

‘विद्यार्थी बोकेर बस जाँदै गर्दा पछाडिबाट एउटा प्राइभेट कार तीव्र गतिमा गइरहेको रहेछ । कार टाढा नै भएकोले विद्यार्थी झार्न लाग्दा ती सन्की व्यक्तिले एकदमै चर्को स्वरमा हर्न बजाएछन् । त्यसपछि गाडीबाट ओर्लिएर कोटको खल्तीबाट पेस्तोल जस्तो बस्तु निकालेर थर्काएर तुरुन्तै तीब्र गतिमा अघि बढेछन् तर उनी पारस शाह नहुन सक्छन् अहिले पारसको नाम जोडेर अपुष्ट हल्ला फैलियो ।’

यद्यपि चितवन प्रहरीले भने पूर्वराजपरिवारका सदस्यको बारेमा कुनै जानकारी नआएको प्रतिक्रिया दिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डिएसपी श्रीराम भण्डारीले भने, ‘मैले पनि सामाजिक सञ्जालतिर देखेर थाहा पाएको हुँ, हामीलाई यसबारे कसैले जानकारी गराएको पनि छैन, निवेदन पनि परेको छैन ।’

प्रकाशित मिति: १५ फाल्गुन २०८०, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com