काठमाडौँ । बर्दियाको बढैयाताल गाउँपालिका शिक्षा शाखा प्रमुख विष्णुप्रसाद ढकाललाई कालोमोसो दलिएको छ । मोहन वैद्य निकट अखिल क्रान्तिकारीले ढकाललाई कालोमोसो दलेका प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदीले जानकारी दिए। बिहान कार्यालय गइरहेको सामयमा बाटोमा रोकेर ढकाललाई मालोमोसो दलिएको सुवेदीले बताए ।
यस घटनाले कर्मचारीहरू त्रसित भएको भन्दै प्रशासकीय अधिकृत सुवेदीले कार्यस्थलमा सुरक्षाको प्रत्याभूतिसँगै दोषीलाई पहिचान गरी हदैसम्मको कारवाही गर्न माग गरेको छन् ।
प्रकाशित मिति: १७ फाल्गुन २०८०, बिहिबार
प्रतिक्रिया