काठमाडौं । नेपालमा पिकलबलको अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना हुने भएको छ । पिकलबल संघ नेपालले यसै महिना ‘नेपाल ओपन इन्टरनेशनल टुर्नामेन्ट–२०२४’ आयोजना गर्न लागेको हो ।

प्रतियोगिता ललितपुरको सातदोबाटोस्थित टेनिस कोर्टमा फागुन २५ र २६ गते आयोजना हुनेछ । प्रतियोगितामा नेपालसहित आठ राष्ट्रका खेलाडीको सहभागिता रहने जानकारी बुधबार आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष सौरभ भण्डारीले दिए ।

प्रतियोगितामा नेपालका अतिरिक्त बेलायत, अमेरिका, भारत, सिंगापुर, थाइल्यान्ड, पोर्चुगल र स्पेनका खेलाडीको सहभागिता रहने छ । प्रतियोगितामा एक सय २० जना खेलाडीको सहभागिता रहने बताइएको छ ।

प्रतियोगितामा एमेच्योर, इन्टरमिडियट र एडभान्स गरी तीनवटा स्पर्धा समावेश गरिएको छ । यसका अतिरिक्त प्रतियोगितामा १९ वर्षभन्दा माथि, ३५ वर्षभन्दा माथि, ५० वर्षभन्दा माथि र ६० वर्षभन्दा माथिको उमेर समूहमा खेलाडीबिच भिडन्त हुनेछ ।

प्रतियोगिताको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको जानकारी संघका संरक्षक नविन गुरुङले दिए । प्रतियोगिताका लागि सातदोबाटोस्थित टेनिस कोर्टमा १६ वटा पिकलबल कोर्ट तयार पारिएको छ ।

प्रतियोगिताको मुख्य प्रायोजकमा नेपाल सुपर लिग (एनएसएल) रहेको छ । विश्व खेलकुदमा पुरानो खेल भएपनि नेपालका लागि भने पिकलबल नयाँ खेल हो । त्यसैले नेपालमा आयोजना हुन लागेको पिकलबलको यो नै पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता हो ।
पिकलबल खेलको सुरुआत भने अमेरिकाबाट भएको हो । पिकलबल खेल टेबलटेनिस, टेनिस र ब्याडमिन्टनको मिश्रित स्वरुप हो ।

 

 

प्रकाशित मिति: २४ फाल्गुन २०८०, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com