काठमाडौँ । सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धी संसदीय छानबिन विशेष समितिका सभापति सूर्य थापाले रास्वपा सभापति रवि लामिछानेको रिहाइमा खुसीयाली मनाउनु पर्ने कारण नहरेको टिप्पणी गरेका छन् ।
उनले शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत व्यङ्ग्यात्मक शैलीमा प्रतिक्रिया दिँदै यस्तो टिप्पणी गरेका हुन् । ६५ लाख धरौटीमा रिहा हुँदा सफाइ पाएको भन्दै उनले चचहुई गर्नुपर्नेको औचित्य नरहेको बताए ।
काठमाडौँ, बुटवल ,चितवन र वीरगन्ज सुनुवाइ बाँकी रहेकोले खुसीयाली मनाउन हतार नगर्न थापाले भनेका छन् ।
प्रकाशित मिति: २६ पुस २०८१, शुक्रबार
प्रतिक्रिया