काठमाडौं । ललितपुरको सातदोबाटोस्थित टेनिस कोर्टमा एनएसएल नेपाल अन्तर्राष्ट्रिय पिकलबल प्रतियोगिता सम्पन्न भएको छ। नेपाल सुपर लिग (एनएसएल)को आयोजना तथा पिकलबल एशोसियसन नेपालको सहकार्यमा प्रतियोगिता सम्पन्न भएको हो।

प्रतियोगितामा नेपाल, बेलायत, सिंगापुर, थाइल्यान्ड, भारत लगाएत ८ देशका १२० बढी खेलाडी सहभागी भएका थिए। जसमा नेपालले २० स्वर्ण, १३ रजत र २० कास्य सहित ५३ मेडल जितेको छ। भारतले ९ स्वर्ण, १६ रजत र ११ कास्य पदक हात पार्यो। थाइल्यान्डले ५ स्वर्ण र ४ रजत सहित ९ पदक जितेको छ। सिंगापुरले ७ स्वर्ण, १ रजत र ४ कास्य पदक हांसिल गरेको छ। त्यसैगरी बेलायतले ५ स्वर्ण, १२ रजत र १४ कास्य पदक हांसिल गरेको छ।

नेपाली खेलाडीले ४६ स्वर्णपदक मध्ये २० स्वर्ण पदक हाँसिल गरेर सर्वाधिक धेरै गोल्ड मेडल प्राप्त गरेको छ भने नेपालले जम्मा ५३ वटा मेडलका साथ प्रतियोगितामा सहभागी राष्ट्रमध्ये सर्वाधिक मेडल प्राप्त गर्ने राष्ट्रको रुपमा प्रथम स्थान हाँसिल गरेको छ। त्यसैगरी भारत ३६ मेडलका साथ सर्वाधिक मेडल जित्ने राष्ट्रमा दित्तिय स्थान हांसिल गरेको छ भने बेलायत ३१ वटा मेडल जितेर तृतीय स्थानमा रहेको छ। प्रतियोगिता सातदोबाटोस्थित टेनिस कोर्टमा २ दिन सम्म चलेको थियो।

नेपाल सुपरलिग अन्तर्राष्ट्रिय पिकलबल खेल समापन कार्यक्रममा नेपाल सुपर लिगकि अध्यक्ष आश्रयता कार्की चौधरी, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष तथा पुर्व मन्त्री जिवनराम श्रेष्ठ, नेपाल ओलम्पिक कमिटीकि उपाध्यक्ष तथा नेपाल टेनिस संघकि अध्यक्ष ज्योति राणा, नेपाली काङ्ग्रेसका युवा नेता सन्दिप श्रेष्ठ तथा वरिष्ठ पत्रकार ऋषि धमलाको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो।

पिकलबल एशोसियन नेपालले छोटो समयमा पिकलबलमा उत्कृष्ट खेलाडीहरु उत्पादन गरेको छ। बिश्वब्यापी रुपमा तिव्रगतिमा फैलिएको यो खेल नेपालमा छोटो समयमा लोकप्रिय बन्दै गईरहेको छ। नेपालमा हाल १०० बढी खेलाडी नियमित प्रशिक्षणमा रहेको पिकलबल एशोसियसन नेपालका अध्यक्ष सौरभ भण्डारी बताए।

ग्लोबल नागरिकसँगको कुराकानीमा अध्यक्ष भण्डारीले भने, ‘नेपालमा यो खेल प्रती आकर्षण बढेको छ। यो पर्यटनसँग सम्बन्धित खेल भएकोले नेपालमा आएर खेल्न विभिन्न देशका धेरै खेलाडीहरु इच्छुक हुने गर्छन तर पिकलबल खेलको लागि राम्रो खेलमैदान नहुँदा हामीलाई अलि असहज भएको छ। नेपालमा अझ यो खेललाई व्यापक बनाउन लागिपरेका छौं। विद्यालयहरुमा समेत पिकलबल खेलको प्रशिक्षण दिएर नयाँ खेलाडीहरुको उत्पादन गर्नमा लागिरहेका छौं।’

यस प्रतियोगितामा नेपालले राम्रो प्रदर्शन गरेको भन्दै संघका अध्यक्ष भण्डारीले खुशी व्यक्त गर्दै पदक प्राप्त गर्ने खेलाडीहरुलाई बधाई दिएका छन्।

प्रकाशित मिति: २७ फाल्गुन २०८०, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com