काठमाडौं । खराब प्रदर्शनका कारण नेपालले हङकङ टी–२० आई सिरिजको उपाधि गुमाएको छ। १७२ रनको लक्ष्य पाएको नेपाल १६ दशमलव ३ ओभरमै जम्मा ८५ रनमा अलआउट हुनपुग्यो।
योसँगै उक्त सिरिजको उपाधि पीएनजीले जितेको छ। टस हारेर ब्याटिङको निम्तो पाएको पीएनजीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १७१ रन बनाएको थियो।
प्रकाशित मिति: ३० फाल्गुन २०८०, बुधबार
प्रतिक्रिया