काठमाडौँ । नेपाल प्रहरीका पूर्वआइजीपी धिरज प्रताप सिंहको ६१ किलो सुन तस्करी प्रकरणमा संलग्नता भएको पुष्टि भएको छ । सुन तस्करी छानबिन गर्न गठित आयोगले गृहमन्त्रीलाई बुझाएको प्रतिवेदनमा सिंहलाई कारबाही गर्न सिफारिस गरिएको छ।

‘नेपाल प्रहरीका पूर्व आइजीपी सिंह पनि तस्करीमा दोषी देखिएका छन्’ मन्त्रालय उच्च स्रोत भन्छ, ‘सुन तस्करीमा संलग्न दोषीबारेको विभिन्न ७ फरक विधामा गरिएको वर्गीकरणमा सिंहको नाम पनि सिफारिस गरिएको छ।’

सुन तस्करी आरोपमा साउन १४ मा पक्राउ परेका दावा छिरिङसँग निकट सम्बन्धमा देखिएपछि सिंह अनुसन्धानको घेरामा परेका थिए ।

तर, प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूराेले सिंहलाई अनुसन्धानकाे दायरामा ल्याएकाे थिएन । प्रहरीकाे विधिविज्ञान प्रयोगशालामा गरिएको दावा छिरिङको मोबाइलको फरेन्सिक परीक्षण रिपोर्टमा दावा र सिंहबीचकाे कुराकानी फेला परेका थिए ।

सुन तस्करी, ठगी जस्ता अपराधमा संलग्न दावासँग ‘दावा’ प्रहरीको फरार सूचीमा रहेकै बेला सिंहसँग प्रत्यक्ष संवादमा थिए । सिंह प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरोको प्रमुख हुँदादेखि सुरु भएको संवाद आईजीपी हुँदासम्म निरन्तर रहेको पाइएको सीआईबी स्रोतले जनाएको छ ।

प्रकाशित मिति: २ चैत्र २०८०, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com