काठमाडौँ । सुन तस्करीको अनुसन्धान गर्न गठित जाँचबुझ आयोगलाई प्रहरीले नै असहयोग गरेको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै ‘ब्रेक सु’मा तस्करी भएको करिब ६० किलो र विद्युतीय चुरोट (भेप) मार्फत तस्करी भएको ९ किलो सुनको अनुसन्धान गर्न सरकारले असोज १४ गते उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराम आचार्यको संयोजकत्वम पूर्वसहसचिवद्वय किशोरजङ्ग कार्की र प्रेमराज जोशी तथा पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक सहकुल थापा सहित चार सदस्यीय आयोग गठन गरेको थियो ।

पक्राउ र थुनछेकसम्मको अधिकार भएको आयोगले आफ्नो अनुसन्धान क्रममा केही सन्दिग्ध व्यक्तिहरूको लोकेसन ट्रयाक गरेको थियो । तर, उनीहरुलाई पक्राउ गर्न प्रहरीले सहयोग नगरेको आयोगका सदस्य बताउँछन्।

प्रकाशित मिति: २ चैत्र २०८०, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com