रौतहट । रौतहटमा मनि ट्रान्सफरमा लुटपाट भएको छ। मोटरसाइकलमा आएका तीन जना हतियारधारी लुटेराहरुले गोली प्रहार गरी  लुटपाट गरेका हुन्।

भारतसँग सीमा जोडिएको परोहा नगरपालिका- ९ खापचोकस्थित मनिट्रान्सफरमा शुक्रबार दिउँसो लुटपाट भएको प्रहरीले जनाएको छ।

मोटरसाइकलमा हतियारसहित तीन जनाको सङ्ख्यामा आएका लुटेराहरूले करिब ५२ लाख रुपैयाँ लुटपाट गरेका हुन् ।

घाइतेलाई उपचारका लागि वीरगन्ज पठाइएको र लुटपाटमा संलग्नलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २ चैत्र २०८०, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com