काठमाडौँ । सुन तस्करी जाँचबुझ आयोगले सिफारिस गरे अनुसार सुन तस्करी प्रकरणमा संलग्नता देखिएका कृष्णबहादुर महरासहित निजामती तथा प्रहरी कर्मचारीलाई कारबाही गर्न निर्देशन दिएका छन्।
आइतबार उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न गृहसचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक वसन्त कुँवर र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूराेका प्रमुख श्याम ज्ञवालीलाई निर्देशन दिएका हुन् ।
प्रकाशित मिति: ४ चैत्र २०८०, आइतबार
प्रतिक्रिया