काठमाण्डाै – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई भोट माग्ने नैतिक आधार नभएको बताए । गएकाे ५ वर्षको नेपाल कम्युनिस्ट पार्टी(एमाले) कार्यकालमा कुनै उपलब्धी नभएको भन्दै उनले यस्तो बताएका हुन् ।
आज काठमाण्डौमा प्रजातान्त्रिक विचार समाजले आयोजना गरेको एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले कम्युनिस्ट पार्टीहरुलाई जनताले देश विकासका लागि जिताएर पठाए पनि ५ वर्षको अवसर खेर फालेकाले भन्दै खेर फालेको समयको लागि जनतासमक्ष क्षमा, याचना माग्नुपर्ने पनि बताए ।
उनले २०७४ सालयताको ५ वर्ष कम्युनिस्टले सरकार चलाएको र यो समय खेर गएको बताए ।
साथ साथै महामन्त्री थापाले नेपालको समृद्धि र समुन्नतिको बारेमा विभिन्न पार्टी बिच विस्तृत छलफल आवश्यक रहेको पनि बताए ।

प्रकाशित मिति: २३ बैशाख २०७९, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com