मोरङ । मोरङमा श्रीमान्ले श्रीमतीको हत्यापछि आत्महत्या गरेका छन्। मङ्गलवार राति करिब १ बजेतिर बेलबारी नगरपालिका–१ भेडा टोलमा बस्दै आएका ६० वर्षीय बमबहादुर लिम्बूले ४५ वर्षीया श्रीमती गीता लिम्बूको हत्या गरेर आत्महत्या गरेको मोरङ प्रहरीले जनाएको छ।

मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले रातिको समयमा बमबहादुरले धारिलो हतियार प्रहार गरेर हत्या गरेको र लगतै आफूलाई पनि सोही हतियारले घाँटी रेटेको बताए। उनका अनुसार धारिलो हतियार प्रयोग पछि गम्भीर घाइते भएका बमबहादुरको नोबेल मेडिकल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

दोस्रो विवाह गरेका बमबहादुर र गीताका एक छोरा छन्। छोरालाई पनि बमबहादुरले आक्रमण गर्न खोजेको तर छोराले भागेर ज्यान जोगाएको दाहालले बताए।

घटनाको विषयमा थप अनुसन्धान सुरु गरिएको पनि उनले बताए।

प्रकाशित मिति: ७ चैत्र २०८०, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com