पोखरा । युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले खेल क्षेत्रमा राजनीतिकरण बन्द हुनुपर्ने बताएका छन् ।

सहकार्यबाट खेलकुद विकास सम्भव रहेकाले सबैसँग सहकार्य गरेर अघि बढ्ने उनले स्पष्ट पारे । पोखरा रङ्गशालाको आज निरीक्षणपछि सञ्चारकर्मीहरूसँगको भेटघाटमा उनले राजनीतिक नियुक्ति लिएर जनैमा साँचो हाले जसरी बसेर खेलाडी र खेल क्षेत्रलाई बन्धक बनाउने राजनीति अब बन्द गर्नुपर्ने जिकिर गरे ।

“खेल क्षेत्रमा राजनीति बन्द गरौँ । खेलकुद संरचना बनाउने, खेलाडीको भविष्य उज्ज्वल बनाउने राजनीति मात्र गरौँ ।” उनले भने । खेलकुद मन्त्री श्रेष्ठले पोखरा रङ्गशालाभित्रका खेल पूर्वाधारको अवलोकनपछि आफू उत्साहितसँगै पूर्वाधार संरक्षणलाई लिएर भने चिन्तित बनेको बताए ।

प्रकाशित मिति: ११ चैत्र २०८०, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com