काठमाडौं । ललितपुरको ढोलाहिटीमा होली खेल्ने क्रममा विवाद हुँदा दुई जनाको हत्या भएको छ ।
होली खेल्ने क्रममा गएराति ९ बजे दुई समूहबीच झडप भएको थियो । झडपमा परी सुनसरी घर भई धोलाहिटी बस्ने २८ वर्षका रोबर्ट राई र ३० वर्षीय पुजन राईको हत्या भएको प्रहरीले जनाएको छ । शव पाटन र सुमेरु अस्पतालमा राखिएको छ ।
घटनामा संलग्न भएको आरोपमा हालसम्म १८ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी नरेशराज सुवेदीले जानकारी दिए ।
घटनास्थलबाट धारिलो हतियार पनि बरामद भएको प्रवक्ता सुवेदीले बताए ।
प्रकाशित मिति: १२ चैत्र २०८०, सोमबार
प्रतिक्रिया