काठमाडौं । यसैवर्ष हुने टि–२० विश्वकपको तयारीस्वरुप आयरल्यान्ड वुल्भ्ससँग घरेलु अभ्यास सिरिज खेलिरहेको नेपालले पहिलो खेलमा १२२ रनको लक्ष्य पाएको छ।
नेपाली बलरले राम्रो प्रदर्शन गरेपछि आइरिस टोली सस्तैमा रोकिएको हो। त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको आइरिस टोलीलाई नेपाली बलरले निर्धारित २० ओभरको खेलमा अलआउट हुँदै १२१ रनमा रोकेका छन्।
प्रकाशित मिति: १२ चैत्र २०८०, सोमबार
प्रतिक्रिया