काठमाण्डाै – प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले रेणु दाहाललाई भरतपुर महानगरपालिकामा मेयरको उम्मेदवार बनाउन आफुले नै आग्रह गरेको बताए ।
आज काठमाण्डाैमा आयोजित सत्तारुढ गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै उनले रेणु लाई टिकट दिन आफूले नै आग्रह गरेको र प्रचण्ड लाई यदी तपाईँको छोरी नउठाउनुस् भनेको भए पनि प्रचण्ड ले आफू सबैले भनेको कुरा सजिलै मान्ने बताए ।

साथ साथै प्रचण्ड लचिलो भएकाले पनि गठबन्धन बनाउन सजिलो भएको भन्दै उनले भने -‘अहिलेको गठबन्धन सजिलो छ । प्रचण्डजी सजिलो हुनुहुन्छ। मैले रेनुले राम्रो काम गरेकी छिन्,टिकट दिनुस् भनेको हो ।’ चितवनमा रेणुले राम्रो काम गरेको भन्दै उनलाई नै मेयरमा जिताउनुपर्ने सभापति देउवाले बताए ।                     उता प्रकाशमान सिंहकी श्रीमती सिर्जनालाई पनि काठमाण्डाैकाे मेयरमा उम्मेदवार बनाउन आफूले नै भनेको भन्दै सिर्जना सिंहलाई टिकट दिन प्रकाशमान डराएको कुरा उल्लेख गर्दै उनले भने -‘ प्रकाशमान डराएका थिए ।सिर्जना सिंह लाई काठमाण्डाैमा मैले नै उम्मेदवार बनाएको हो । पार्टीमा योगदान गरेको मान्छे हो ।’ काठमाण्डाैमा फोहरको र यातायातको समस्या समाधान गर्छु भन्ने सिंहलाई पनि जिताउनुपर्ने उनले बताए ।

प्रकाशित मिति: २३ बैशाख २०७९, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com