काठमाडौं । सर्वोच्च अदालत परिसरबाट हतियारसहित पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंका अंगरक्षकलाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र सुनिलकुमार पोखरेलको इजलासले प्रसाईंका बडिगार्ड रामकुमार धिमाल र दीपक खड्कालाई रिहा गर्न आदेश दिएको हो ।

धिमाल र खड्कालाई गत चैत ५ मा सर्वोच्च परिसरबाट एसएल आर २२ बोर र गोलीसहित पक्राउ गरिएको थियो । लाइसेन्स सहितको हतियार बोक्दा पक्राउ गरेका भन्दै प्रसाईँले सर्वोच्चमा रिट दायर गरेका थिए ।

प्रकाशित मिति: १३ चैत्र २०८०, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com