काठमाडौं । चार दिनअघि गत आइतबार होली खेलेर नुहाउन जाँदा धाब्लाङस्थित सुन नदीमा डुबेर बेपत्ता भएका तीनै जना बालबालिका मृत भेटिएका छन्।

उदयपुर र खोटाङको बिच भएर बग्ने सुनकोशी नदीमा नुहाउँदै गर्दा डुबेका त्रियुगा नगरपालिका-१४ साउनेका बालबालिका मृत भेटिएका हुन्।

त्रियुगा-१४ का वडाध्यक्ष हिमराज मगरका अनुसार बेपत्तामध्ये २ जनाकाे शव बुधबार ८ घण्टाको फरकमा भेटिएकाे हाे भने १ जनाकाे शव अघिल्लो दिन दिउँसो भेटिएकाे थियाे। बुधबार दिउँसो ३ः३० बजे १२ वर्षीय लोकबहादुर मगर र बिहान ७ः३० बजे १२ वर्षीया रेखा मगरकाे शव भेटिएकाे हाे।

लोकबहादुरकाे शव घटनास्थलदेखि अढाई किलोमिटर तल कम्पुघाटमा नदी किनारमा तैरिरहेको अवस्थामा भेटिएको वडाध्यक्ष मगरले बताए। रेखा घटनास्थलदेखि २ किलोमिटर तल सिम्लेमा भेटिएकी थिइन् भने रिदम अघिल्लो दिउँसो घटनास्थलदेखि १ किलोमिटर तल घिर्लिङमा आधा शरीर डुबेको अवस्थामा किनारमै भेटिएका थिए।

मृत भेटिएका तीनै जना बालबालिकाको शव पोष्टमार्टमका लागि सदरमुकामस्थित उदयपुर जिल्ला अस्पताल गाईघाट ल्याइएको छ।

प्रकाशित मिति: १४ चैत्र २०८०, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com