काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका टोप बहादुर रायमाझी अस्पताल भर्ना भएका छन्।
एमालेका पूर्वसचिवसमेत रहेका रायमाझीको मुटुमा समस्या देखिएपछि उनलाई मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको हो ।
हाल उनलाई चिकित्सकको निगरानीमा राखिएको रायमाझीको उपचारमा संलग्न एक चिकित्सकले बताएका छन् । ती चिकित्सकका अनुसार अहिले उनको स्वास्थ्य अवस्था स्थिर छ ।
रिंगटा लागेर अचानक मुटुको चाल कम भएपछि रायमाझीलाई अस्पताल लगिएको हो।
प्रकाशित मिति: १५ चैत्र २०८०, बिहिबार
प्रतिक्रिया