काठमाडौं । कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएका लोकेन्द्र शाहीको शव भेटिएको छ। लम्की चुहा नगरपालिका वडा नं. ३ का वडाध्यक्ष लब शाहीले उनको शव टीकापुर नगरपालिकास्थित सनकट्टी घाटमा भेटिएको जानकार दिए।

पानीमा तैरिएको अवस्थामा शाहीको शव भेटिएको बताइएको छ। शाहीका आफन्तले शवको सनाखत गरेका छन्। इलाका प्रहरी कार्यालय टीकापुरको टोली घटनास्थल तर्फ गएको छ।

शाही चैत १२ गते होलीको दिन कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएका थिए। उनीसँगै अन्य १६ जनाले समेत पुलबाट हाम फालेका थिए। उनीहरुले रमाइलो गर्ने क्रममा पुलबाट हाम फालेको बताइएको छ।

प्रकाशित मिति: १५ चैत्र २०८०, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com