काठमाडौँ । उच्च अदालत पाटनले नेपाली क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछानेको पहिलो सुनुवाइको मिति तोकेको छ ।
बलात्कार आरोपित सन्दीपले जिल्ला अदालत काठमाडौँको फैसला पुनरावलोकनका लागि उच्च अदालतमा निवेदन दिएका थिए । तारिख बुझेकाले अब पहिलो सुनुवाइ चैत २३ गते शुक्रबार हुने उच्च अदालत पाटनका सूचना अधिकारी अर्जुन आचार्यले जानकारी दिए।
प्रकाशित मिति: १५ चैत्र २०८०, बिहिबार
प्रतिक्रिया