काठमाडौं । काठमाडौँको छाउनीमा एकजना चिकित्सक मृत भेटिएकी छन् । काठमाडौँ महानगरपालिका–१३ छाउनीस्थित घरमा सर्जन डा. प्रतिभा धौभडेल मृत भेटिएकी हुन् ।

धौभडेल जिल्ला अस्पताल धादिङमा कार्यरत थिइन । ३४ वर्षीय डाक्टर धौभडेल आफ्नै घरको बाथरुममा सलको पासोमा झुण्डिएको अवस्थामा मृत भेटिएको प्रहरीले जनाएको छ । जिल्ला अस्पताल धादिङमा कार्यरत उनी केही दिनअघि घर बिदामा काठमाडौँ आएकी थिइन् ।

कपडाको सलले पासो लगाएर झुण्डिएको अवस्थामा भेटेपछि तुरुन्तै छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा लगेको उनका पति डा. कविर राजभण्डारीले प्रहरीलाई जानकारी गराएका छन् । सैनिक अस्पताल पुर्याउनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । अहिले प्रतिभाको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ ।

धौभडेलले चितवनको कलेज अफ मेडिकल साइन्सेसबाट एमबीबीएस गरेकी थिइन् । त्यसैगरी उनले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानबाट सर्जरी विषयमा मास्टर्स गरेकी थिइन् । तीन वर्षअघि उनले राजभण्डारीसँग बिवाह गरेकी थिइन ।

घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: १६ चैत्र २०८०, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com