काठमाडौं । पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर गोरखा  फर्किँदा त्रिशुलीमा ट्याक्सी दुर्घटनामा बेपत्ता भएका विवस रोकाको शव चार दिनपछि फेला परेको छ।

गत शुक्रबार काठमाडौँमा निधन भएका शंकर रोकाको दाहसंस्कार गरी फर्कने क्रममा बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको सिमलधाराबाट त्रिशुलीमा खस्दा बेपत्ता भएका गोरखा नगरपालिका ७ पौवाखेतका विवशको शव बुधबार बिहान आठ बजे त्रिशुली किनारमा फेला परेको प्रहरीले जनाएको छ।

सो ट्याक्सी दुर्घटना हुँदा एकै परिबारका पाँचजनाको मृत्यु भएको थियो भने विवश बेपत्ता थिए।

उनको शव कालीखोलास्थित त्रिशुली किनारमा फेला परेको डिएसपी रमेशकुमार श्रेष्ठले जानकारी दिए। सनाखत गरी शव गोरखातर्फ ल्याउँदै गरेको उनले बताए। उनको पोस्टमार्टम गरी अन्त्यष्टिका लागि आफन्तलाई बुझाइने प्रहरीले जनाएको छ।

 

प्रकाशित मिति: २१ चैत्र २०८०, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com