दाङ । घाेरही देखि बुटवलतर्फ जाँदै गरेकाे रा १ ख २५८१ नम्बरकाे यात्रुवाहक बस र बुटवलदेखि बर्दियातर्फ जाँदै गरेकाे लु १ ख ७३३६ नम्बरकाे यात्रुवाहक बस बुधबार दाङको लमही नगरपालिका–३ स्थित बनगाउँमा एक-आपसमा ठोक्किए दुर्घटना भएको छ।

दुर्घटनामा घाइते भएका दुई जनाको अवस्था गम्भीर रहेको छ,भने बाँकी यात्रुको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

गम्भीर घाइते हुनेमा राप्ती गाउँपालिका– २ लालमटियाकी ७८ वर्षीय चन्द्रकमला थापा रबस चालक गढवा गाउँपालिका– २ का लक्ष्मण थारू रहेका छन्। दुवैको लमही अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगन्ज रेफर गरिएको प्रहरीले जनाएको छ।

बाँकी घाइतेहरूको लमही अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। थप विवरण आउन बाँकी छ।

प्रकाशित मिति: २१ चैत्र २०८०, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com