काठमाडौँ । शुक्रबार बिहानबाट अशान्त बनेको सुनसरीको भुटाहा बजार तनावग्रस्त बनेको छ। हिन्दु र मुस्लिम समुदाय दोहोरा भिडन्तमा उत्रिएपछि अवस्था नियन्त्रण बाहिर गएको हो। दिउँसो १ बजेपछि सुरु तनाव दोहोरो झडपमा परिणत भएको छ।

प्रदर्शनकारीले गाउँपालिकाको कार्यालय, इलाका प्रशासन कार्यालय र प्रहरी पोष्टमा क्षति पुर्‍याएका प्रहरीले जनाएको छ।

सुनसरी प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यका अनुसार अहिलेसम्म ८० राउण्ड बढी हवाई फायर भइसकेको छ। केही व्यक्ती घाइते भएका छन् ।

अश्रुग्याँस र हवाई फायर के कति भएको भन्ने विषय यकिन भई नसकेको प्रजिअ आचार्यले बताए । निषेधाज्ञाका बाबजुद भीड नियन्त्रणमा आउन नसकेको बताइएको  छ । अवस्था नियन्त्रणमा लिन हरसम्भव प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

  • प्रशासन

प्रकाशित मिति: २३ चैत्र २०८०, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com